काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन्।

रुपन्देही–३ मा आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनको आन्तरिक तयारीका लागि भैरहवामा रहेका शर्माले  भने, “उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति व्यक्त गरिसकेको छु।”

advertisement

शर्माका अनुसार उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न उपयुक्त  नभएको जनाएका छन्।

“प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,” शर्माले भने, “देशको प्रतिनिधित्व गर्दै विदेशमा रहेको बेला हस्ताक्षर संकलन गरेर पदमुक्त गर्ने प्रयास गर्नु कत्तिको सुसंस्कृत कुरा हो?”

उपसभामुख रानामगर हाल अमेरिकामा छन्। शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन गरेको हस्ताक्षरमा आफूले भाग लिएको नभएको स्पष्ट पारे।

“भैरहवामा पार्टीको काममा व्यस्त छु। मेरो हस्ताक्षर छैन। काठमाडौँ फर्केपछि यस विषयमा छलफल गर्दै स्थिति सुल्झाउने छु,” उनले थपे।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com