काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् सचिवालयलाई सत्तापक्षमा बस्ने जानकारी दिएको छ।
गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने निर्णय गरेपछि नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए।
तर त्यसको ४५ दिनपछि, हिजो पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयमा निवेदन पेश गरेकी छन्। संसद् सचिवालय स्रोतका अनुसार, यो विषय आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया