काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नहुँदा दुवै दलले बैठक बहिस्कार गरेको हो।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी दिएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाए। त्यसपछि सभामुखले रास्वपा सांसद सन्तोष परियारलाई बोल्न अनुमति दिए। परियारले उपसभामुख इन्दिरा रानामगरमाथि भएको अवमूल्यन लोकतन्त्रका लागि खतरा रहेको जानकारी गराए।

advertisement

परियारले भने, “लोकतन्त्रको विरासत धारण गर्नेहरूले सम्मानित सदन र सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठूलो खतरा हो।”

पछि सभामुखले राप्रपाका सांसद रोसन कार्कीलाई बोल्ने समय दिए। कार्कीले भिजिट भिसा प्रकरणमा मागअनुसार समिति गठन नभएसम्म विरोध जारी रहने स्पष्ट पारे। उनले बहिस्कार गरिएका दिनको भत्ता पनि नलिने बताएका छन्।

दुवै दलका सांसदहरूले विरोध अभिव्यक्त गरेपछि बैठक कक्षबाट बाहिरिएका थिए।

रास्वपा र राप्रपा प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि लगातार भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग गठनको माग गर्दै विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com