काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले उपसभामुख इन्दिरा रानामगरमाथि उठेका आरोपको निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद किरातीले कांग्रेस र एमालेले उपसभामुखलाई हटाएर संवैधानिक परिषद्मा बहुमत पुर्याउन खोजेको आरोप लगाएका छन्।
उनले भने, “उपसभामुखमाथि लागेको आरोपको निष्पक्षता कायम गर्न न्यायिक छानबिन हुनु जरुरी छ। तर संवैधानिक परिषद्मा बहुमत पुर्याएर आफन्तको भर्ती केन्द्र बनाउने र निरंकूश शैलीमा शासन गर्ने प्रयास स्वीकार्य छैन।”
किरातीले थपे, “आफूलाई सुशासन र लोकतन्त्रको पहरेदार ठानेका ठूला पार्टीहरूले देशलाई असफलताको मार्गमा धकेल्दैछन्।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया