काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा उपचाररत पूर्व जनमुक्ति सेना सदस्य खुमबहादुर विक लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

अध्यक्ष प्रचण्डले स्वतः केन्द्र पुगेर खुमबहादुरलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। यस कार्यमा माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चले सहजीकरण गरेको थियो।

advertisement

निर्वाण मानसिक स्वास्थ्य केन्द्रका अनुसार, खुमबहादुर विक करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्कने तयारीमा छन्।

त्यसैगरी अध्यक्ष प्रचण्डले मानसिक रोगको समस्या भोगिरहेका नागरिकको उपचारमा सहयोग गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै, संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com