काठमाडौं ।   प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्य जिल्लामा सारिएको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले भने, “यो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको थियो। तर कार्यालय सार्ने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको छैन, सम्पूर्ण सेवाप्रवाह कमजोर र जोखिमपूर्ण भएको छ।”

advertisement

इलाम क्षेत्र नम्बर २ का प्रतिनिधि समेत रहेका नेम्वाङले कार्यालय इलाममै कायम राख्ने वा त्यहीँ पूर्ण सेवायुक्त विकल्प स्थापना गर्ने प्रस्ताव राखेका छन्।

उहाँले जोड दिए, “सेवाप्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो। यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नु आवश्यक छ। सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह छ कि यो कार्यालय यथाशिघ्र इलाममै कायम गरियोस् वा विकल्प स्वरूप पूर्ण सेवायुक्त कार्यालय स्थापना गरियोस्।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com