काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे कारागार पुग्ने कार्यक्रम तय भएको छ।
सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछानेलाई भैरहवा कारागारमा राखिएको थियो। तर, गत शनिबार उनलाई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको हो।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया