काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे कारागार पुग्ने कार्यक्रम तय भएको छ।

advertisement

सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछानेलाई भैरहवा कारागारमा राखिएको थियो। तर, गत शनिबार उनलाई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको हो।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com