काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै “भर्खरै बनेको नयाँ दलले पुराना दललाई उछिन्न सक्ने स्थितिमा किन पुग्यो ?” भन्ने विषयमा गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित स्व. प्रदीप गिरी स्मृति सभालाई सम्बोधन गर्दै उनले करिब ६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दशकौं संघर्ष गरेर आएको माओवादी जस्ता दललाई चुनौती दिन सक्ने स्थिति सिर्जना गर्नुमा गहिरो कारण खोज्नुपर्नेमा जोड दिए।

advertisement

उनले भने, “१० वर्ष संघर्ष गरेर स्थापित भएको हाम्रो पार्टीलाई, भर्खरै बनेको दलले झन्डै उछिन्ने स्थिति किन आयो ? दुई ठूला दल मिलेर दुई-तिहाइको सरकार बनेको छ, तर नेतामाथि प्रश्न किन उठिरहेको छ ?”

पुनले यो अवस्था केवल राजनीतिक दलहरूको मात्र नभई गणतन्त्र र लोकतन्त्रकै आधारमाथि उठेको प्रश्न भएको टिप्पणी गरे।

उनका अनुसार पछिल्लो १५–१८ वर्षमा मुलुकले समावेशिता, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको भए पनि त्यसलाई आत्मसात् गर्न नसक्दा जनता असन्तुष्ट भएको देखिएको छ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com