काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ललितपुरको नख्खु कारागारमा भेटवार्ता गरेका छन्।
भेटवार्ताको क्रममा प्रचण्डले लामिछानेको कारागार बसाइबारे जानकारी लिएका थिए। यस क्रममा लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खु कारागारमा सेवा सुविधा निकै राम्रो भएको बताए।
प्रचण्डले भेटपश्चात् पत्रकारहरूसँग भने, “उहाँले भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा पाएको बताउनुभयो। हामी उहाँको स्वास्थ्य र अवस्थाबारे जानकारी लिन आएका थियौं।”
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया