काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा १५ महिनाकी बालिकामाथि बलात्कार भएको घटनामा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा–८ घर भएका गोलेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार, पीडित बालिका आफ्नी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्दै आएकी थिइन्। गोठाटारमै बस्दै आएका गोलेले बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ गते जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको र आरोपीविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया