काठमाडौँ । आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

advertisement

संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरुको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तरराष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति सङ्र्घष गरिरहेका छन् ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com