काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई ढिलाइ नगरी बिहीबारकै दिन प्रतिनिधिसभामा पुर्याउनुपर्नेमा जोड दिएकी छन्।
सिंहदरबारस्थित समिति सचिवालयमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै उनले विधेयकमा सहमति जुटाउन सकिए उत्तम हुने तर सहमति सम्भव नभए फरक मतसहित भए पनि प्रतिनिधिसभामा पेश गर्नुपर्ने धारणा राखिन्।
उनका अनुसार, “आज जसरी भए पनि विधेयक प्रतिनिधिसभासम्म पुर्याउनैपर्छ। सकिने हो भने सहमतिमा जाऊँ, नभए फरक मत राखेर भए पनि अघि बढाऔँ।”
विधेयकमा निजी विद्यालयहरूले पूर्ण छात्रवृत्ति दिने क्रममा आवास र पोसाकसमेत समावेश गर्नुपर्ने विषय विवादको प्रमुख कारण बनेको छ। स्मरण रहोस्, श्रेष्ठ यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहिसकेकी हुन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया