काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया