काठमाडौं । अमेरिकी नौसेनाका एक जवान चीनलाई गोप्य सैन्य जानकारी बेचेको अभियोगमा दोषी ठहर भएका छन्।
क्यालिफोर्नियामा कार्यरत २५ वर्षीय नाविक जिनचाओ वेईलाई जासूसीसम्बन्धी षड्यन्त्र र अमेरिकी नौसेनाका जहाजसँग जोडिएका गोप्य तथ्यांक चीनलाई हस्तान्तरण गरेको अभियोगमा ६ मुद्दामा दोषी ठहर गरिएको सीएनएनले जनाएको छ।
अभियोजन पक्षका अनुसार वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफ्नो पक्षमा सामेल गराएको थियो। अमेरिकी सरकारी वकिलका अनुसार सैनिक सदस्यको नाताले पाएको विश्वास र जिम्मेवारीमाथि उनले गम्भीर विश्वासघात गरेका छन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया