काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

सत्तारूढ दल कांग्रेस र एमालेबीच प्रदेश सरकार सञ्चालनका विषयमा मतभेद बढिरहेका बेला मुख्यमन्त्री कँडेल बुधानीलकण्ठस्थित देउवा निवास पुगेका हुन्।

advertisement

भेटपछि सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कँडेलले समसामयिक राजनीतिक अवस्था, कर्णाली प्रदेश सरकारको काम–कारबाही, विकास, सुशासन र समृद्धिसम्बन्धी विषयमा छलफल भएको जानकारी दिएका छन्।

यसअघि एमाले संसदीय दलको बैठकमा कांग्रेससँगको गठबन्धन मर्मअनुरूप अघि नबढेको मूल्यांकन गरिएको थियो।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com