काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, ऊर्जा तथा जलस्रोत समितिले बिहीबार भूमिसम्बन्धी विधेयक पारित गरेको छ।

विधेयक पारित हुनासाथ नेपाली कांग्रेसका महामन्त्रीहरूको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेको जानकारी समितिले दिएको छ।

advertisement

नेकपा (माओवादी केन्द्र)का केही सांसदले फरक मत दिनका लागि शुक्रबार (भदौ ६) सम्म समय मागेका थिए। तर समितिले विधेयक पारित गरेपछि माओवादी सांसदहरूले फरक मत नदिई बैठक छोडेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद पनि असहमति प्रकट गर्दै बैठकबाट बाहिरिएका छन्। बाँकी सांसदहरू भने हस्ताक्षरका लागि बैठककक्षमै उपस्थित रहेका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com