काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले प्रतिनिधिसभाको बैठकमा नेपालको लिपुलेक र कालापानी भूभागको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।

बिहीबार आकस्मिक समय बोल्दै सांसद नेपालीले भने, “हाल सञ्चार माध्यममा हाम्रो भूभाग लिपुलेक र कालापानी छिमेकी देशद्वारा प्रयोग गरिने कुरा आएको छ। नेपालको भूभागको संरक्षणका लागि सरकारले यथाशक्य छिटो पहल गर्ने विश्वास हामी राख्छौं।”

advertisement

सांसद नेपालीले अहिलेको सरकार नयाँ वैकल्पिक शक्तिलाई दबाउने र रवि लामिछानेमाथि अन्याय गर्ने रणनीतिमा रहेको आरोप पनि लगाए। उनले आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख इन्दिरा राना मगरमाथि पनि अंकगणितीय खेल भइरहेको भन्दै यसलाई लोकतन्त्रको अपमान भएको बताए।

उनले स्मरण गराए, “हामी २०७९ पौष ७ गते यस सम्मानित सदनमा प्रवेश गरेका थियौं। उपसभामुखज्यूले २०७९ माघ ५ गते पदभार ग्रहण गर्नुभयो। त्यसपछि फागुन १४ गते मात्र सामान्य पत्रमार्फत अन्तर्वार्ता मिति मिलाइदिन आग्रह गरिएको थियो, जुन कहीं दर्ता भएको छैन र कार्यान्वयन पनि भएको छैन। तर त्यसलाई १७ महिना पछि साउन २०८१ मा बदनियतपूर्वक सार्वजनिक गरियो।”

सांसद नेपालीले यस घटनालाई सरकारी असंवेदनशीलता र राजनीतिक खेलको उदाहरण पनि बताए।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com