काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले लिपुलेक र कालापानी क्षेत्रमा भारत–चीनबीच भएको भनिएको सम्झौता तथा नेपालको सरकारले त्यसप्रति लिएको कदमबारे संसदमा स्पष्ट जानकारी दिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीचको सम्झौताले नेपाललाई गम्भीर असर पुर्याएको र जनता दुःखित भएको बताए। उनले सरकारले नेपालको भूभागमाथि भएको दाबीलाई रक्षा गर्न के कदम चालिरहेको छ भन्ने विषयमा संसदलाई तुरुन्त आधिकारिक जानकारी दिनुपर्ने जोर दिए।
पाण्डेले भने, “राष्ट्रिय अखण्डता र सार्वभौमिकताको संवेदनशील मामिलामा सरकार मौन बस्न सक्दैन। सदनलाई जानकारी दिन ढिलाइ हुनुहुँदैन।”
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया