सिरहा ।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहा अन्तर्गतको गस्ती टोलीले भन्सार छलीका सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

बुधबार राति करिब साढे ९ बजे मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा सशस्त्र बेश क्याम्प मिर्चैयास्थित सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

advertisement

गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ पाँच बोरासमेत गरी करिब रु तीन लाख २३ हजार मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार सो बोलेरो गाडीको मूल्य रु नौ लाख ५० हजार रहेको र सामानसहित जम्मा रु १२ लाख ७३ हजार बराबर रहेको छ ।

साथै गाडी चालक उदयपुरको कटारी नगरपालिका–१३ मयाङखु बस्ने २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com