काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रतिनिधिसभाको विशेष समयमा सरकारका शीर्ष नेताहरूलाई “सुरक्षित रूपमा गाडी चलाउन” सुझाव दिएका छन्।

बिहीबारको सम्बोधनमा उनले भने, “हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई नेताहरू हुनुहुन्छ—प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा। गाडी ठिक गतिमा जाओस्, अलमल नहोस्, दुर्घटना नहोस्।”

advertisement

थापाले बाहिरबाट ढुंगा प्रहार र हिलो छ्यापिएको परिस्थितिको उदाहरण दिँदै भने, “हामीले ती बाधाहरूलाई रोक्ने प्रयास गर्छौं, तर स्टेरिङ समाउने नेताले ठिकसँग गाडी चलाउनुपर्छ। कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ। गाडीको स्टेरिङ हाम्रो नियन्त्रणमा छैन, त्यसैले चलाउनेले जिम्मेवारीपूर्वक चलाउनुपर्छ।”

साथै उनले केही दिनअघि प्रधानमन्त्री ओलीले युवाको विषयमा व्यक्त गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, “प्रधानमन्त्रीले भनेको थियो ‘युवाको बेला हो,’ तर मैले भन्न चाहन्छु, हाम्रो पार्टीमा युवाशक्ति छ र सक्षम छ। अवसर प्राप्त भएपछि काम गर्न तयार छौं। नियमको पालनामा ढिलाइ हुनु हुँदैन।”

महामन्त्री थापाले दुई शीर्ष नेताहरूले समय र अवसरको सदुपयोग गरेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com