काठमाडाैं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको भेटलाई लिएर सामाजिक सञ्जालमार्फत तीखो व्यंग्य गरेका छन्।
सहकारी ठगी प्रकरणमा जेलमा रहेका लामिछानेलाई बस्नेतले लगातार ‘स्मार्ट ठग’को संज्ञा दिँदै आएका छन्। दाहाललाई भने उनले ‘नानीको बा’ भन्दै व्यंग्य प्रहार गरेका छन्।
‘“नो नोट अगेन” भन्ने नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बाबुलाई राजनीतिबाट हटाउने दाबी गरेका थिए,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर विडम्बना के भने, आज उनीहरूकै सहयोगमा जेलमुक्त हुन नानीका बाबुलाई नै नख्खु कारागारसम्म बोलाउनुपरेको छ।’
भैरहवाबाट हालसालै नख्खु कारागारमा सारिएका लामिछानेबारे बस्नेतले यसअघि पनि सामाजिक सञ्जालमा पटक–पटक कटाक्ष गर्दै आएका थिए।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया