काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले आफू दुई-दलीय संयन्त्रमा हाल सक्रिय नरहेको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै थापाले आफू गत फागुनदेखि संयन्त्रको कामकाजमा संलग्न नभएको स्पष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलको संयन्त्र सरकारका कामकाजलाई प्रभावकारी बनाउनको उद्देश्यले बनाइएको थियो।

advertisement

२०८१ कात्तिकमा गठन भएको संयन्त्रमा कांग्रेसतर्फ उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा रहेका थिए। एमालेतर्फ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य थिए।

थापाले भने, “यो सरकारलाई सफल बनाउने सोचाइका साथ म एउटा भूमिकामा काम पनि गरें। फागुनसम्म सक्रिय भएँ। अहिले त्यस्तो जिम्मेवारीमा सक्रिय नरहेता पनि म कांग्रेसको सांसद र जिम्मेवार पदाधिकारी हुँ। सरकार सफल बनाउनु हाम्रो साझा दायित्व हो।”

सांसद थापाले सरकारलाई सफल बनाउन बन्द कोठाभित्र प्रधानमन्त्री र सभापतिलाई सुझाव दिँदै आएको पनि बताए। उनले संविधान संशोधनलगायत ७ बुँदे सहमति अझै अघि बढ्न नसकेको उल्लेख गर्दै आवश्यक पहलको आवश्यकता औँल्याए।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com