काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र अहिले अत्यन्त नाजुक अवस्थामा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छिन्।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले खुट्टाले टेकेर अघि बढ्नुपर्ने अर्थतन्त्र उल्टै टाउकाले टेकेर हिँडिरहेको जस्तो अवस्थामा पुगेको टिप्पणी गरिन्।
उनका अनुसार नेपाल आयातमा आधारित भन्सार आम्दानीमै निर्भर रहँदा व्यापार घाटा बढेको, वैदेशिक ऋण चुलिएको र दलाल पुँजी फस्टाएको छ भने राष्ट्रिय पुँजी भने फस्टाउन नसक्दा दिगो विकासका लागि ठूलो चुनौती सिर्जना भएको छ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “हाम्रो अर्थतन्त्र व्यापार सन्तुलन गर्न नसक्ने अवस्थामा पुगेको छ। घाटा बढ्दो क्रममा छ, ऋण बढिरहेको छ, तर राष्ट्रिय पुँजीको विकास रोकिएको छ। यस्तो अवस्था देशको भविष्यका लागि गम्भीर चुनौती हो।”
त्यस्तै, उनले युवालाई स्वदेशमै अवसर दिनु अत्यावश्यक रहेको उल्लेख गर्दै नवपुस्ताको आकांक्षा अनुसार सरकार र नेतृत्वले नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया