• तस्वीर- एन्फा

काठमाडाैं ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसीर महिनामा आयोजना गर्ने भएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले प्रतियोगिता काठमाडौंमा मंसीर १ देखि २७ गतेसम्म (नोभेम्बर १७ देखि डिसेम्बर १३) सञ्चालन हुने जानकारी दिएको हो।

advertisement

यसअघि एनपिएलको पहिलो संस्करण गत वर्ष मंसीर १५ देखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो।

क्यानका अनुसार दोस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।

एनपिएलको दोस्रो संस्करण मंसीरमा हुने

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com