काठमाडाैं । सत्तारूढ नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमप्रति कडा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै भट्टराईले अख्तियार तथा अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूसँग पूर्वप्रधानमन्त्री जस्तो हैसियत भएका व्यक्तिहरूले भेटघाट गर्नु असंवेदनशील कार्य भएको टिप्पणी गरे।

advertisement

उनले स्मरण गराए, “प्रचण्ड आफैं प्रधानमन्त्री हुँदा संसदीय छानबिन समिति बनाएर रविलाई अभियुक्त घोषणा गरेका थिए, तर आज त्यही व्यक्तिलाई कारागारमा भेट्न पुगे।”

भट्टराईले व्यंग्य गर्दै भने, “ओहो, दुब्लाउनुभएछ, खान पाउनुभएन जस्तो छ? आफैंले छानबिन गरेर अभियुक्त बनाएको मानिसलाई अहिले पुगेर तेल घस्ने काम भइरहेको छ।”

उनले प्रचण्डको भूमिकालाई ‘डबल स्ट्याण्डर्ड’ भन्दै आलोचना गरे। “प्रचण्डजीले नै सुरुमा सिस्नोपानी हानेका थिए, अहिले भने मालिस गर्दै हुनुहुन्छ,” भट्टराईको टिप्पणी थियो।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com