काठमाडौं । भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा आयोजित प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गर्दै आपत्ति जनाएका थिए।
प्रदर्शनमा संलग्न आठ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुत्ला जलाउने प्रयास गर्दै अशान्ति फैलाउन खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
युवाहरूले लिपुलेक नेपाली भूभाग भएको दाबी गर्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि सीधा हस्तक्षेप भएको टिप्पणी गरेका थिए। साथै, उनीहरूले सरकारले तत्काल ठोस कूटनीतिक पहल गर्नुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका थिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया