भोजपुर ।  फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन् ।

सघन शहरी कार्यालयमार्फत रुपैँया ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिए । “सम्झौता गरेर ऋणकाँढेर गरेर जसोतसो छानो फेरियो” उनले भने ‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौं । अहिले साहुले गर्दा घर नै छाड्नु पर्ने अवस्था छ । समयमा रकम पाए सहज हुने थियो । ” जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोश्रो किस्ताको रकम नआउँदा समस्या रहेको स्थानीयवासी विश्वकर्माले गुनासो गरे ।

advertisement

सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको रकम नपाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उनले बताए । “सम्झौता पश्चात लाभग्राही सूचीमा परेकाहरू सबैले ऋणपान गरेर छानो फेरेका छन्” उनले भने,“दोस्रो किस्ता वापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन्। मन्त्रालयमा गएर पनि जानकारी गराएको छु, । तर सुनुवाइ भएको छैन ।
लाभग्राहीले पहिलो किस्ता वापत रुपैँया ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको रुपैँया ३५ हजार अझै नपाएको उनको भनाइ छ ।

  • रासस

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com