धरान । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।

विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिए।

advertisement

पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले निरीक्षण गर्नुभएको थियो । पुल तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको वडा सदस्य चाम्लिङले बताए ।

उनका अनुसार बाढीका बेला यदि तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुललाई क्षति हुनबाट रोक्न सकिन्थ्यो । तत्काल आवश्यक सुरक्षात्मक संरचना निर्माण गरी पुल जोगाउने प्रयास भइरहेको छ । उनले भने, “यसका लागि हामीले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुरोध गरिसकेका छौँ ।” हाल पुलको क्षति बढ्न नदिन आवश्यक सतर्कता अपनाइँदै आएको र जोखिम न्यूनीकरणका उपायमा प्राथमिकता दिइएको उाको भनाइ छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com