काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत नलिएको भन्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले पेशी तोकेको छ ।
अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि चढाइएको हो ।
जनता समाजवादी पार्टी, नेपालले गत असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएको भन्दै रिट दायर गरिएको हो । सरकार भने कुनै दलले समर्थन फिर्ता लिए मात्रै विश्वासको मत लिनुपर्ने बाध्यता नरहेको दाबी गर्दै आएको छ ।
रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया