काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंको ज्ञान ज्योति महिला माविमा आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षकको तलब अत्यन्तै न्यून भएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार हाल धेरै शिक्षकहरू महिनामा मात्र १६ हजार ५ सय रुपैयाँ तलब लिएर पढाउन बाध्य छन्, जुन कार्यालय सहयोगीभन्दा पनि कम हो।

advertisement

डा. कोइरालाले भने, “अचम्म लाग्छ, शिक्षकको तलब १ लाख ९८ हजार भनिएको सुनिन्छ तर वास्तविकता १६ हजार ५ सय मात्र रहेछ। यस्तो अवस्थामा शिक्षकहरूले कस्तो मनोबलका साथ पढाउँछन् भन्ने प्रश्न खडा हुन्छ।”

उनले शिक्षा विधेयकमाथि राजनीतिक विवाद भइरहेकामा पनि टिप्पणी गर्दै निजी र सामुदायिक विद्यालयलाई कस्तो बनाउने भन्ने विषयलाई लिएर संघर्ष भइरहेको देखिएको बताए।

“देशको आर्थिक अवस्था कमजोर छ भन्ने कुरा सबैलाई थाहा छ। तर कुनै पनि मुलुकलाई अघि बढाउन शिक्षालाई पहिलो प्राथमिकता दिनैपर्छ,” उनले जोड दिए।

उनका अनुसार विशेष गरी इसीडी (प्रारम्भिक बाल विकास) तहका शिक्षकलाई उचित तलब र सुविधा नदिएसम्म गुणस्तरीय शिक्षा दिन असम्भव छ। “माथिल्लो तहका शिक्षकलाई केही सुविधा दिइए पनि तल्लो तहमा अझै तलब र सम्मानको ठूलो कमी छ,” कोइरालाले भने।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com