काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका बताएका छन्।

यहाँ आज आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिक उत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता डा कोइरालाले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिहरूले अझै वास्तविक काम रुपमा नगरेको बताए ।

advertisement

विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई सामुदायिक गौरवको केन्द्र बनाउनुपर्नेमा नेता डा कोइरालाले जोड दिए । “हामी नेपालीमा अपार क्षमता छ, तर त्यसलाई उजागर गर्न सकेका छैनौँ । शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सकिँदैन । जबसम्म शिक्षकलाई राम्रो तलब, उचित सुविधा र सम्मान दिन सकिँदैन, तबसम्म गुणस्तरीय शिक्षा दिन सकिँदैन”, उनले भने ।

शिक्षित समाज निर्माण राष्ट्रको समृद्धिको पहिलो आधार भएकाले आजको चुनौती भनेकै शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने विषय भएको नेता डा कोइरालाले बताए ।

“सरकारले मात्र होइन, समाज र समुदायले पनि शिक्षा सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन”, उनले भने ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com