काठमाडौं ।  नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसदमा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

‘नयाँ संसद भवनमा प्रविधिको बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकास मन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ । संसद भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परिक्षण पनि गरियो,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद भवनमा जडान हुने प्रविधि अहिलेको संसद भवनको भन्दा आधुनिक हुनेछ। जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसदमा प्रस्तुत विधेयकहरु र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसदको क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ । संसद भवनको निर्माण कार्यसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिएका छन्। नयाँ प्रविधिले संसदको कामकारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

advertisement

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित संघीय संसदका महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबिच नयाँ प्रणालीले कसरी काम गर्छ परिक्षण गरेर देखाइएको थियो ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com