काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद् बहिस्कारलाई सरकार पक्षले लोकतन्त्रविरोधी भनेर चित्रण गर्न खोज्नु गलत भएको बताएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बहिस्कार कुनै संविधान विरोधी अभ्यास नभई लोकतान्त्रिक असहमतिको औपचारिक शैली भएको प्रष्ट पारिन्। डाँगीले भनिन्, “हाम्रो बहिस्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो। यो विगतमा आज सत्तामा रहेका दलहरूले पनि पटक–पटक प्रयोग गरेका छन्।”

advertisement

उनका अनुसार रास्वपाको आन्दोलन र बहिस्कार सरकारलाई खबरदारी गर्ने र जनताको आवाज प्रतिनिधित्व गर्ने उद्देश्यले गरिएको हो। उनले थपिन्, “लोकतन्त्र भनेको सङ्ख्याको बलमा मात्र सरकार चलाउने नाम होइन, प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सनु हुँदैन।”

सांसद डाँगीले सरकारमाथि जनताको आवाजलाई बेवास्ता गरी अपराधमा मुछिएकाहरूलाई जोगाउन लागेको आरोपसमेत लगाइन्। उनले दुई महिनादेखि रास्वपाले मानव बेचबिखनविरुद्ध निरन्तर आवाज उठाइरहेको तर परिणाम भने शून्य रहेको गुनासो गरिन्।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com