काठमाडौं । प्रतिनिधिसभामा बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेश भएको छ।
समिति सभापति अमरबहादुर थापाले समितिको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन्। समितिले प्रतिवेदन पारित गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया