काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्मा आर्थिक विधेयक पारित भएको एक महिनाभित्रै कर दरमा फेरबदल गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले बताए, “सरकारले सलाइ बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा र पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्क घटाएको छ।”

advertisement

सांसद पुनले संसद् चलिरहेको र आर्थिक विधेयक हालै मात्र पारित भएको अवस्थामा यस्तो निर्णय आर्थिक अपराधसमेत सरह भएको आरोप लगाए। उनले कर दरमा भएको यस परिवर्तनबारे सरकारले संसद् तथा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग पनि गरे।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com