काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू कामभन्दा बढी लोक सेवा आयोगको तयारीतर्फ केन्द्रित हुने प्रवृत्ति देखिएको टिप्पणी गरेकी छिन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले “कर्मचारीहरूले हाजिर लगाउने, तर कार्यालय समयमा काम गर्नुभन्दा व्यक्तिगत प्रगति र लोक सेवाको तयारीतिर समय खर्च गर्ने” मानसिकता व्यापक रहेको बताइन्।

advertisement

उनका अनुसार सरकारले सबै पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने अवस्था छैन। “म मन्त्रालयमा आएर हेर्दा धेरै कर्मचारीको सोचाइ काम गर्नेभन्दा लोक सेवा पढ्ने र परीक्षा तयारीमा समय खर्च गर्नेमा मात्रै सीमित देखियो,” मन्त्री न्यौपानेको भनाइ थियो।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com