काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारेका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीले राष्ट्रपति पद सम्हाल्ने क्रममा आफैँले पार्टी सदस्यता परित्याग गरेको स्मरण गराए। ओलीले भने, “विद्या भण्डारीले सदस्यता छाडेर राष्ट्रपति हुनुभएको हो। फर्केर आएपछि कर्मचारीलाई रसिद काट्न लगाएर सदस्यता लिन मिल्दैन। राष्ट्रपति भइसकेको मान्छेलाई कर्मचारीले रसिद काटिदिए पनि त्यसरी सदस्यता कायम हुँदैन।”

advertisement

उनले भण्डारीको सदस्यता २०७२ साल कात्तिक १२ गतेकै निर्णयअनुसार समाप्त भएको भन्दै अब नवीकरण गर्न नसकिने प्रस्ट पारे। “कसैको सदस्यता नै नभएको अवस्थामा नवीकरण कसरी हुन्छ? त्यस्तो सदस्यता प्यारो लाग्थ्यो भने राष्ट्रपति हुन नजानुहुन्थ्यो। अहिले आएर मागेर पनि नभएको सदस्यता नवीकरण गर्न सकिँदैन,” ओलीले भने।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com