काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोप असत्य भएको स्पष्ट पारेका छन्।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्दै ओलीले भण्डारीले आफैं पार्टी सदस्यता छोडेकै कारण नवीकरण हुन नसक्ने बताए। उनले भने, “कसैको सदस्यता खोसिएको छैन, खोस्नुपर्ने आवश्यकतासमेत छैन। पूर्वराष्ट्रपतिले पार्टी सदस्यता छाडेर राष्ट्रपति हुनुभएको हो। छाडिएको सदस्यता नवीकरण हुँदैन, जारी रहेको मात्र नवीकरण हुन्छ।”

advertisement

ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने भन्दै टिप्पणी गरे। उनका अनुसार, दुईपटक राष्ट्रपति भइसकेकी भण्डारीजस्तो नेताले पार्टीभित्रै समस्या सिर्जना गर्ने अपेक्षा आफूहरूले कहिल्यै नगरेको हो।

उनले भण्डारीमाथि चुनाव हारेका समूहलाई भेला गरेर पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको आरोपसमेत लगाए। ओलीले भने, “मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउनुपर्ने तयारी गर्ने बहानामा अहिले नै पार्टीविरुद्ध भेला भइरहेको छ। पार्टी एकतामा बल दिनुपर्ने बेलामा असन्तुष्टहरूको जमात खडा गर्नु दुर्भाग्यपूर्ण छ।”

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com