काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको नाममा छुट्टै कार्यालय खोलिएकोप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले आगामी वर्ष असार १४ गते पर्ने जन्मदिन मनाउनकै लागि अहिले नै कार्यालय खोलेर पार्टीविरुद्ध गतिविधि सुरु गर्नु अनुचित भएको बताए।
उनले भने, “अर्को वर्षको जन्मदिन मनाउन अहिले नै कार्यालय खोल्ने ? पार्टीभित्र असन्तुष्ट समूहलाई भेला गरेर जन्मदिनको बहानामा पार्टीविरुद्ध सक्रिय हुने ? यस्तो काम स्वीकार्य हुँदैन।”
ओलीले छुट्टै कार्यालय खोल्ने शैली सही नभएको स्पष्ट गर्दै बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त फाउन्डेसनको कार्यालय उद्घाटन गरेको प्रसंग पनि उल्लेख गरे।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया