काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले देशको मौलिकता कायम गर्ने भएकाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लाग्नुपर्ने बताएका छन्।
शुक्रबार शीतल निवासमा तीजको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले संविधान, ऐन र नियमावलीमार्फत महिलाका हक–अधिकार सुनिश्चित भइसकेको बताउँदै अब प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आवश्यक रहेको बताएका हुन्।
उनले विगतमा महिलाहरू असार–श्रावणमा खेतीपातीमा व्यस्त हुने र भाद्र महिनामा पर्ने तीजलाई घर–परिवारका दुःख र पीडा गीतमार्फत पोख्ने अवसरका रूपमा प्रयोग गर्ने परम्परा रहेको स्मरण गरे।
पौडेलले समाजमा परिवर्तन आइसकेकाले चाडपर्वलाई मात्र मिठो खाने र राम्रो लगाउने पर्वको रूपमा सीमित नगरी सांस्कृतिक पहिचान जोगाउने माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया