काठमाडौं । आम जनता पार्टी (आजपा) ले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झूटो प्रचार गरेको आरोप लगाएको छ।
आजपा अध्यक्ष प्रभु साह ले भनेका छन् कि चैत्र महिनामा साधारण सदस्यबाट निष्कासनमा परेका उपेन्द्र साह र आषाढ महिनामा ठगी आरोपमा निष्कासित मनोज यादव लगायतलाई एमाले प्रवेश गराइएको भनेर गरिएको प्रचार पूर्णतः भ्रमपूर्ण र झूटो हो।
उनले थपे, “प्रधानमन्त्रीजस्तो उच्च पदमा रहेका व्यक्तिबाट यस्ता असत्य प्रचार हुनु दुःखद र निन्दनीय छ। यसले आम नागरिकमा भ्रम सिर्जना गरेको छ।”
आजपाले यस झूटो प्रचार रोक्न र यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यसअघि एमालेले प्रधानमन्त्री ओलीमार्फत आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित अन्य नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराइएको भन्दै प्रचार गरेको थियो, तर आजपाको स्पष्ट असहमति सार्वजनिक भएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया