इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको जाला स्ट्रिटमा इजरायली हवाई आक्रमणले विस्थापितहरुको शिविरमा प्रहार गर्दा एउटै परिवारका पाँच जना सदस्यहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।
इजरायली सेनाले शेख रादवान स्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
अगस्ट ११ देखि, इजरायले गाजामा निरन्तर आक्रमण गर्दा सामूहिक विस्थापन हुनुका साथै घरहरू ध्वस्त भएको प्यालेस्टिनी अधिकारीहरू बताएका छन् ।

advertisement

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com