काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग रोमाञ्चक एक रनले पराजित भएको छ। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीको प्रयास अन्तिममा पर्याप्त हुन सकेन।
नेपाललाई अन्तिम बलमा जितका लागि तीन रन आवश्यक थियो। क्रिजमा रहेका दीपेन्द्रले रिभर्स स्वीप खेल्दै एक रन बनाए तर दोस्रो रनका लागि दौड्दा रनआउट भए। त्यससँगै नेपाल सुपर ओभरमा जाने अवसर गुमाउँदै पराजित भयो।
अन्तिम ओभरमा नेपाललाई ८ रनको लक्ष्य थियो र पाँच विकेट बाँकी थियो। पहिलो बलमा कुशल मल्लले एक रन लिएर स्ट्राइक दीपेन्द्रलाई सुम्पिए। दोस्रो बलमा दीपेन्द्रले तीन रन बटुलेपछि चार बलमा ४ रन मात्र चाहिएको अवस्था बनेको थियो। तर तेस्रो बलमा कुशल मल्ल स्टम्पिङ आउट भए।
त्यसपछि आरिफ शेखले चौथो बलमा कुनै रन लिन सकेनन्। पाँचौं बलमा उनले दुई रनको सम्भावना हुँदाहुँदै पनि दीपेन्द्रलाई स्ट्राइकमा राख्न एक रन मात्र लिए।
अन्तिम बलमा नेपाललाई दुई रन चाहिएको थियो तर दीपेन्द्र रनआउट हुँदै खेल सकियो।
यस हारसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन चुक्यो।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया