काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश विगतको भन्दा आज निकै परिवर्तन भएको बताएका छन्। बिहीबार साँझ आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा बोल्दै उनले कर्णालीसँगै समग्र देश पनि प्रगतिशील दिशामा अघि बढिरहेको धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी कर्णालीलाई जुरुक्क उठाउँदैछौँ। जुरुक्क उठ्दैछ कर्णाली, जुरुक्क उठ्दैछ देश!”

advertisement

उनले डेढ वर्षअघि सम्पन्न मध्यपहाडी एक महिने भ्रमणको अनुभव सम्झिँदै दैलेख बजारको डाँडाबाट राति देखिएको झिलिमिली बिजुलीमा आशाको प्रकाश देखेको सुनाए। उनले भने, “दैलेखमा भूगर्भबाट निकालिँदै गरेको ग्यास, निर्माणाधीन अस्पताल र सडक परियोजनाले कर्णालीको उज्जवल भविष्यको संकेत दिइरहेको थियो।”

प्रधानमन्त्री ओलीले थपे, “नेपालगञ्ज हुँदै भारत र हिल्सा हुँदै चीन जोड्ने सडकले हाम्रो कर्णालीको जडीबुटी र अन्य कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने महत्त्वपूर्ण माध्यम बन्नेछ।”

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com