भरतपुर । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो ।

सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

advertisement

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com