काठमाडौं । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका कारण विश्वभर तापमान बढ्दै गएको भन्दै सरकार र रोजगारदातालाई तत्काल कामदारको हितमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन र मौसम संगठनले संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै अत्यधिक गर्मीका कारण श्रमिकहरुको उत्पादन गर्ने क्षमता र ज्यान समेत जोखिममा परेको जनाउँदै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

advertisement

प्रतिवेदन अनुसार तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि जाँदा प्रति डिग्री श्रमिकको उत्पादन गर्न सक्ने क्षमता ३ प्रतिशत सम्म घटेको छ । अत्यधिक गर्मीका कारण कृषि, निर्माण, माछापालनजस्ता क्षेत्र सहित विकासशील देशमा थप समस्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार विश्वभर करिब २ अर्ब ४० करोड श्रमिक अत्यधिक गर्मीमा काम गर्न बाध्य छन् ।

 

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com