काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

उपराष्ट्रपति सुआनले शनिबारदेखि सोमबार ९भदौ ७ देखि ९ गते०सम्म गर्ने नेपालको भ्रमण भियतनामकोतर्फबाट पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

advertisement

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच आइतबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

 

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com