काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा ल्याउने प्रयासलाई गणतन्त्रका लागि गम्भीर खतरा हुने चेतावनी दिएका छन् ।

दाङमा शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सेनाको परमाधिपति भइसकेको, संविधानको संरक्षकको हैसियत बोकेको व्यक्ति पार्टी राजनीतिमा फर्कनु अस्वीकार्य हुने तर्क प्रस्तुत गरे ।

advertisement

उनले भने, “पूर्वराष्ट्रपति राष्ट्रको संविधान र गणतन्त्रको संरक्षक हुनुहुन्छ । सेनाको परमाधिपति भइसकेको व्यक्तिलाई फेरि पार्टी राजनीतिमा ल्याउने प्रयासले गणतन्त्रप्रति नै अविश्वास र अनास्था फैलाउँछ । यो गल्ती कुनै पनि पार्टीले गर्नु हुँदैन ।”

महासचिव पोखरेलले माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याएर गल्ती गरिसकेको उल्लेख गर्दै त्यसबाट एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए ।

उनको भनाइमा, “माओवादी अझै लोकतन्त्र सिक्दै गरेको पार्टी हो । त्यसैले उसलाई लोकतन्त्रका अभ्यासबारे मार्गदर्शन गर्न एमाले र कांग्रेसले भूमिका खेल्नुपर्छ ।”

साथै, पोखरेलले माओवादीलाई पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउन आग्रह गरे ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com