काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज नेपाल आउने भएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हो, जसलाई विशेष महत्वका साथ लिइएको छ । भ्रमणका क्रममा भदौ ८ गते काठमाडौंमा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । साथै उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

advertisement

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव परेकाले यो भ्रमणलाई अझ अर्थपूर्ण मानिएको छ । उपराष्ट्रपति सुआनले भ्रमण पूरा गरी भदौ ९ गते काठमाडौंबाट हनोई फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com